नेप्सेमा दोहोरो अंकको बृद्धि, चार अर्ब भन्दा बढीको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेमा दोहोरो अंकको बृद्धि, चार अर्ब भन्दा बढीको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले बढेको छ । नेप्से ५४.४५ अंकले बढेर दुई हजार एक सय ३२ दशमलब ९६ विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ९.०५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ४.०३ अंक बढेको छ।

त्यस्तै, आज कारोबार रकममा पनि उच्च बृद्धि भएको छ। आज नेप्सेमा चार अर्ब १० करोड ६८ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरुमध्ये १६९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने एक कम्पनीको शेयरमूल्य घटेको छ । साथै, तिन कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । यसमध्ये १० कम्पनीको शेयरमूल्य आज सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा नारायणी डेभलपमेन्ट बैक, मल्टिपर्पोज फाईनान्स कम्पनी,सूर्याेदय वमी लघुवित्त वित्तिय संस्था, ग्रिन डेभलपमेन्ट बैक, युनाईटेड मोदी हाईड्रोपावर, मानुषी लघुवित्त वित्तिय संस्था, बलेफी हाईड्रोपावर लिमिटेडको शेयर आज १० प्रतिशतले बढेको छ । त्यसैगरी, समृद्धि फाईनान्स, गोर्खाज फाईनान्स, गुह्यश्वरी मर्चेन्ट बैक एण्ड फाईनान्स लिमिटेडको शेयर ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

नेप्सेका अनुसार आज मञ्जुश्री फाइनान्स डिभेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १५ करोड २९ लाख २५ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार १५:३९