सूचीकृत कम्पनीलाई नयाँ वेबसाइटमा सूचना प्रवाह गर्ने आईडी लिन नेप्सेले दियाे १० दिनको म्याद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सूचीकृत कम्पनीलाई नयाँ वेबसाइटमा सूचना प्रवाह गर्ने आईडी लिन नेप्सेले दियाे १० दिनको म्याद



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले सबै किसिमका सूचनाहरु नयाँ वेबसाइटमा अपलोड गर्ने प्रणाली लिनका लागि सूचीकृत कम्पनीहरुलाई आग्रह गरेको छ ।

पुरानो वेबसाइट मर्मत गर्नुपर्ने भएकाले नयाँ वेबसाइट संचालनमा आइसकेको हुँदा कम्पनीको डकुमेन्टहरु अपलोड गर्नका लागि आइडि लिन १० दिनको म्याद दिइएको नेप्सेले जनाएको छ ।

नेप्सेले ‘नट्स’ को लग इन आइडि लिनको लागि कम्पनीको इन्टरनेटको पब्लिक आइपि एड्रेस र आधिकारी इमेल उल्लेख गरी पत्रसहित नेप्सेको सूचीकरण शाखामा १० दिनभित्र सम्पर्क गर्न नेप्सेले सुचना जारी गरेको छ ।

प्रकाशित : ८ श्रावण २०७९, आईतवार १६:२३