यस साता नेप्सेमा ०.३३ प्रतिशत बढेको बजार , आगामी साता के होला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यस साता नेप्सेमा ०.३३ प्रतिशत बढेको बजार , आगामी साता के होला ?



काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.३३ प्रतिशत बढेको छ । गत साता २००९.४६ विन्दुमा बन्द भएको नेप्से, यस साताको पहिलो कारोबार दिनमा २०१०.९२ मा खुलेको थियो ।

यो साता ६ दिन कारोबार भएको नप्सेमा २१२ वटा कम्पनीको कारोबार भएको छ । त्यसैगरी एक लाख ६५ हजार ८९३ वटा कारोबार भएको छ । जसअनुसार दुई करोड ७ लाख ५७ हजार ४७८ कित्ता शेयर खरीद बिक्री हुँदा ९ अर्ब ६० करोड २ लाख रुपैंया बराबरको कारोबार भएको छ ।


त्यसैगरी, यो साता बढेर उच्च बिन्दु २०६६.०७ सम्म पुगेको नेप्से सबैभन्दा कम १९९४.७५ बिन्दुसम्म झरेको थियो । यसरी हप्ताभरी उत्तरचढाब भएको नेप्से परिसूचक अन्तिम कारोबार दिनमा २०१७.४६ विन्दुमा बन्द भएको छ ।

यी हुन् यस साता नेप्सेमा बढेका मध्येका ५ कम्पनी

यो साता नेप्सेमा ईमर्जिङ्ग नेपालको शेयरमुल्य १४.६० प्रतिशत बढेको छ । त्यसैगरी नेशनल माईक्रोफाईनान्स लघुवित्त वित्तिय संस्थाको शेयरमुल्य १०.९१ प्रतिशत बढेको छ । त्यसैगरी उपकार लघुवित्त वित्तिय संस्थाको शेयरमुल्य ९.७२ प्रतिशत छ । गणपति लघुवित्त वित्तिय संस्थाको शेयरमुल्य ९.७१ प्रतिशत बढेको छ । साथै, जल्पा सामुदायिक लघुवित्त वित्तिय संस्थाको ९.१३ प्रतिशत बढेको छ । यसरी यस हप्ता बढेका पाँच शेयरमा अधिकांश लघुवित्त रहेको छ ।

प्रकाशित : ८ श्रावण २०७९, आईतवार ०६:५२