घरजग्गा धितो राखी काठमाडाै उपत्यकाभित्र बढीमा ३० प्रतिशत र बाहिरको हकमा भने ४० प्रतिशतसम्म कर्जा लिन पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

घरजग्गा धितो राखी काठमाडाै उपत्यकाभित्र बढीमा ३० प्रतिशत र बाहिरको हकमा भने ४० प्रतिशतसम्म कर्जा लिन पाउने



काठमाडौं । राष्ट्र बैकले घर/जग्गा धितो राखी कर्जा लिदा काठमाण्डौ उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म लिन पाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो ।

बैंक तथा वित्तिय संस्थाले निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको बीचको अनुपात फेएर मार्केट भ्यालु काठमाण्डौ उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रकाशित : ७ श्रावण २०७९, शनिबार २१:३३