नेप्सेमा दोहोरो अंकको गिरावट, एक अर्ब ४४ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेमा दोहोरो अंकको गिरावट, एक अर्ब ४४ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको अन्तिम कारोबारको दिन आज शुक्रबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २७.२६ अंकले घटेर दुई हजार १७ दशमलब ४६ विन्दुमा पुगेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स ५.४० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि १.८९ अंक घटेको छ।

त्यसैगरी, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा एक अर्ब ४४ करोड ३४ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरुमध्ये १४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६४ वटा कमपनीको शेयरमूल्य घटेको छ । साथै, एक कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । यसमध्ये किसान लघुवित्त वित्तिय संस्था लिमिटडको शेयरमूल्य ८.४१ प्रतिशत बढेर प्रतिकित्ता ९४९.१० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट बैकका लगानीकर्ताले आज सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज २१ करोड भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार १३:२८