नेप्सेसंगै घट्यो कारोबार रकम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेसंगै घट्यो कारोबार रकम



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पाँचौं कारोबारको दिन आज (बिहीबार) सामान्य अंकले गिरावट आएको छ । आज नेप्से ५.८७ अंकले घढेर दुई हजार ४४ दशमलब ७३ विन्दुमा पुगेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स ०.८६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंक घटेको छ।

त्यसैगरी, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा एक अर्ब ६४ करोड २६ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरुमध्ये ४७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२६ वटा कमपनीको शेयरमूल्य घटेको छ । साथै, ७ वटा कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । यसमध्ये सेन्ट्रल फाइनान्स कम्पनीको शेयरमूल्य ३.१६ प्रतिशतले बढेर प्रतिकित्ता ३२६ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आइसीएफसी फाइनान्स डिभेञ्चरका लगानीकर्ताले आज सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १७ करोड ८० लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ५ श्रावण २०७९, बिहीबार १५:३०