काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको चौथो कारोबारको दिन आज (बुधबार) सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से ४.८९ अंकले बढेर दुई हजार ५० दशमलब ५९ विन्दुमा पुगेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स ०.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ।
त्यसैगरी, आज कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा एक अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीहरुमध्ये ८६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८७ वटा कमपनीको शेयरमूल्य घटेको छ । साथै, ६ वटा कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । यसमध्ये मल्टीपर्पोज फाइनान्स कम्पनीको शेयरमूल्य ५.६९ प्रतिशतले बढेर प्रतिकित्ता २६० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार लक्ष्मी इक्युटी फण्डका लगानीकर्ताले आज सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १६ करोड ४२ लाख ५९ हजार भन्दा बढीको कारोबार भएको छ ।





Comment