काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार नप्सेमा बृद्धि भएको छ । नेप्सेमा १.८८ अंकले बढेर दुई हजार ९ दशमलब ९५ विन्दुमा पुगेर रोकिएको हो । त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक घटेको छ।
आज कारोबार रकममा गिरावट आएको छ । नेप्सेमा आज एक अर्ब २३ करोड २४ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीहरु मध्ये ८४ कम्पनीको शेयरमूल्य बढेका छन् भने ८७ वटा कम्पनीको शेयरमूल्य घटेका छन् । साथै ८ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । यसमध्ये पनि आज राधी विद्युत्त कम्पनीको शेयर ५ प्रतिशत भन्दा बढीले बढेको छ ।
नेप्सेका अनुसार आज प्रभु सेलेक्ट फण्ड संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएमा छन् । यस कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपर तामाकोशी हाईड्रोपावरको भएको छ । यसको आज ६ करोड ४ लाख ६६ हजार भन्दा बढीको कारोबार भएको छ ।
Comment