नेप्से परिसूचक १४.७१ अंकले बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक १४.७१ अंकले बढ्याे



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पाँचाै दिन आज बिहीबार पनि दोहोरो अंकले बढेको छ । आज नेप्से १४.७१ अंकले बढेर दुई हजार १ दशमलब ५४ विन्दुमा पुगेर रोकिएको हो ।

आज सेन्सेटिभ इण्डेक्स १.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१‍० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०‍‍.६३ अंक बढेको छ। त्यस्तै, आज कारोबार रकममा पनि बृद्धि भएको छ । आज नेप्सेमा दुई अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरु मध्ये ११६ कम्पनीको शेयरमुल्य बढेको छ भने ५५ कम्पनीको शेयरमुल्य घटेको छ ।साथै ११ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । नेप्सेमा आज एक कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा एनआइबीएल प्रगती फण्डको शेयरमूल्य ९.९८ प्रतिशत बढेको छ ।

नेप्सेका अनुसार आज प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एसिया बैंक भएको छ । यसको आज ३० करोड १८ लाख ८६ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ३० असार २०७९, बिहीबार १५:३४