शेयर बजारमा उछाल: ५९.५४ अंकले बढ्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

मुख्य समाचार

शेयर बजारमा उछाल: ५९.५४ अंकले बढ्यो नेप्से



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले बढेको छ । आज नेप्से ५९.५४ अंकले बढेर एक हजार ९ सय ८६ दशमलब ८० विन्दुमा पुगेर रोकिएको हो ।

आज सेन्सेटिभ इण्डेक्स १२.४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५२ अंक बढेको छ। त्यस्तै, आज कारोबार रकममा पनि बृद्धि भएको छ । बुधबार दुई अर्ब ४४ करोड ४ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरु मध्ये १८२ कम्पनीको शेयरमुल्य बढेको छ भने ५ कम्पनीको शेयरमुल्य घटेको छ । नेप्सेमा आज तीन कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा नेपाल फाइनान्स कम्पनी र रिलायन्स फाइनान्सको शेयरमुल्य १० प्रतिशतले बढेको छ भने सिइडीबी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९० प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज एभरेष्ट बैंकको अग्राधिकार शेयरको लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.९९ प्रतिशत घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम सिमेन्टको भएको छ । यसको आज ९ करोड २ लाख ९५ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २९ असार २०७९, बुधबार १५:३३