काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायान्स लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने सम्झौता भएको छ । सम्झौतापत्रमा सानिमा लाइफका तर्फबाट सञ्चालक घनश्याम थापा र रिलाइन्स लाइफको तर्फबाट सञ्चालक भरत कुमार तोदीले हस्ताक्षर गरेका हुन् ।
हाल सानिमा लाइफको चुक्ता पुँजी २ अर्ब रूपैयाँ र रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड रूपैयाँ रहेको छ ।
दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्ज भए चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । यद्यपी कम्पनीले हाल सेयर मिलान अनुपात (स्वाप रेसियो) तय गरेको छैन। दुबै कम्पनीको डिडिए पछि मात्रै स्वाप रेसियो तय हुने कम्पनीले जनाएको छ ।
दुबै कम्पनीबीच मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले शेयर कारोबार पनि रोक्का गरेको छ ।
Comment