निर्धन उत्थान लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

निर्धन उत्थान लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार लघुवित्तको ५० लाख २५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २९.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित : २७ असार २०७९, सोमबार १५:५०