काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड ३ लाख ९ हजार ३५२ रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले बाढी पहिरोको कारणले भएको क्षति अन्तर्गत मादी पावरलाई उक्त रकम भुक्तानी गरको हो ।
सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेलीले मादी पावरका जेनेरल म्यानेजर विइ जुनचाओलाई सो रकम बराबरको चेक प्रदान गरे ।
साथै, इन्स्योरेन्सले यो आर्थिक वर्ष २०७८/७९ भित्रै एक अर्ब ५३ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरिसकेको छ ।
Comment