४/१२ को नीतिका कारण साना लगानीकर्ता समस्यामा परेः अध्यक्ष गोल्यान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

४/१२ को नीतिका कारण साना लगानीकर्ता समस्यामा परेः अध्यक्ष गोल्यान



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवन कुमार गोल्यानले पछिल्लो समय शेयर बजारमा आएको गिरावटका कारण साना लगानीकर्ता सबैभन्दा बढी समस्या ग्रस्तमा परेको बताएका छन् । बिहीबार अध्ययन प्रतिवेदन सार्वजनिक सहित आगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष गोल्यानले यस्तो बताएका हुन् ।

उनले अहिले सबैको चासोको विषय बनेको शेयर बजारमा पछिल्लो समय निरन्तर गिरावट आइरहेको छ । विशेषगरि ४/१२ को नीतिका कारण सबैभन्दा बढी साना लगानीकर्ता मार्कामा परेकाे बताए ।

त्यसैगरी उनले ठूला उत्पादनजन्य कम्पनीहरूलाई अन्तर्राष्ट्रिय कम्पनीहरूको उत्पादन सञ्जालसँग जोड्नका लागि आवश्यक ऋण प्रवाहको व्यवस्था मिलाउनु पर्ने बताए । बैंक पैसा कमाउनको लागि मात्र नभएर बैंककाे ब्याज सिंगल डिजिटमै हुनुपर्ने पनि गोल्यानकाे भनाइ छ।

प्रकाशित : २३ असार २०७९, बिहीबार १६:५३