नेप्से १३.३३ अंकले बढ्याे, दुई कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से १३.३३ अंकले बढ्याे, दुई कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको चौथो कारोबारको दिन आज (बुधबार) दोहोरो अंकले बढेको छ । आज नेप्से १३.३३ अंकले बढेर दुई हजार ४३ दशमलब ९२ विन्दुमा पुगेर रोकिएको हो । त्यसैगरी, आज सेन्सेटिभ फ्लोट इण्डेक्स १.६८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक बढेको छ।

आज शेयर बजार बढेपनि कारोबार रकम भने घटेको छ । आज नेप्सेमा २ अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।आज कारोबार भएका कम्पनीहरु मध्ये १२३ कम्पनीको शेयरमूल्य बढेको छ भने ५९ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, १० कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५४९.९० रुपैयाँ पुगेको छ भने सिवाईसी लघुवित्त वित्तीय शेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १६९८.२० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार एनसीसी डिभेञ्चर, स्वाभिमान लघुवित्त वित्तीय संस्था र सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको आज शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यसैगरी, कारोबारको आधारमा आज सबैभन्दा बढी गोर्खाज फाइनान्सको भएको छ । यसको कारोबार आज ११ करोड ७२ लाख ८० हजार भन्दा बढीको भएको छ ।

प्रकाशित : २२ असार २०७९, बुधबार १५:२८