काठमाण्डौ । बीमा कम्पनीहरुले मर्जरमापछि कायम हुने नयाँ संरचनामा कर्मचारीलाई अनिवार्य रुपमा पुरानो पदमा कायम राख्ने गरी पदमिलान गर्नुपर्ने जनाएको छ। बीमा समितिले परिपत्र जारी बीमा कम्पनीहरुलाई मर्जरपछि कम्पनीले कर्मचारीलाई पुरानै पदमा कायम राख्ने गरी पदमिलान गर्न निर्देशन दिएको हो।
परिपत्रमार्फत बीमा समितिले गाभ्ने वा गाभिने संस्थाका कर्मचारीलाई गाभिएर कायम हुने बीमक (बीमा कम्पनी) मा साविकको पदअनुसारको तह वा श्रेणीभन्दा कम नहुने गरी पदमिलान गर्नुपर्ने निर्देशन दिएको छ। यसका साथै कर्मचारीले खाइपाइ आएको तलबभत्ता तथा सेवासुविधा पनि पहिलेको भन्दा नघट्ने गरी व्यवस्थापन गर्न बीमा समितिले निर्देशन दिएको छ।
यसैगरी बीमा समितिले मर्जरपछि एक हुने बीमा कम्पनीमा यदि कुनै व्यवस्थापकीय तथा अन्य तहका कर्मचारीले काम गर्न इच्छुक नरहेकाले उक्त सुविधासहितको स्वेच्छिक अवकाशको योजना बनाएर लागू गर्न निर्देशन दिएको छ।
Comment