काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको अन्तिम दिन आज (शुक्रबार) सामान्य अंकले घटेको छ । आज नेप्से ८.८७ अंकले घटेर दुई हजार २८ दशमलब ७७ विन्दुमा राेकिएकाे हो । त्यस्तै, आज नेप्से दुई घण्टा खुलेको बजारमा एक अर्ब ४५ करोड ९३ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १८१ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १२२३ रुपैयाँ पुगेको छ भने सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११६० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार ग्लोबल स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज ५ करोड ५७ लाख ४७ हजार भन्दा बढीको कारोबार भएको छ ।
Comment