नेप्सेमा ११.८२ अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा ११.८२ अंकको गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले घटेको छ । आज नेप्से ११.८२ अंकले घटेर एक हजार ९ सय २१ दशमलब ३२ विन्दुमा रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ३.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंक घटेको छ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा एक अर्ब ५ करोड ८२ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरु मध्ये ३७ कम्पनीको शेयरमूल्य बढेको छ भने १४६ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८७१.७० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्सको भएको छ । यसको आज ७ करोड ३१ लाख ३३ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १४ असार २०७९, मंगलवार १५:३८