नेप्सेमा ३१.२१ अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा ३१.२१ अंकको गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेको छ। आज नेप्से ३१.२१ अंकले घटेर एक हजार ८ सय ९३ दशमलब ५३ विन्दुमा बन्द भएको हो ।

आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ८४ करोड ३७ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । शेयर बजार घटेपनि दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा काराेबार भएकाे छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९‍.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७९४ रुपैयाँ पुगेको छ भने ग्लोबल आईएमई समुन्नत स्किम १ को शेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता ९. ७५ रुपैया पुगेकाे छ ।

नेप्सेका अनुसार युनाइटेड इदीमर्दी आरबी जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६.४८ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ३ करोड ३९ लाख ६६ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ८ असार २०७९, बुधबार १६:०८