पिपुल्स पावरको आईपीओमा आवेदन खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पिपुल्स पावरको आईपीओमा आवेदन खुल्ला



काठमाडौं । पिपुल्स पावर कम्पनीले आज बुधबारदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यको ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ६लाख ३२ हजार ६सय कित्ता आईपीओ स्थानीयमा बिक्री खुला गरेको छ ।

यो आईपीओ आयोजना प्रभावित क्षेत्र अर्थात इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. १ र ४ का अतिप्रभावित बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकका इलाम जिल्लाबासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता शेयर जारी गरेको हो ।

लगानीकर्ताले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् । छिटोमा असार २२ गतेसम्म विक्रीमा रहने आईपीओ सो अवधिसम्म माग बमोजिम आवेदन नपरे ढिलोमा साउन ४ गतेसम्म विक्रीमा रहने जनाएको छ ।

आईपीओ खरिदका लागि नेपाल बंगलादेशको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आईएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, बितौले, तीनघरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : ८ असार २०७९, बुधबार ११:२२