काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बृद्धि भएको छ । नेप्से ३७.४९ अंकले बढेर एक हजार ९ सय २० दशमलब ६७ विन्दुमा रोकिएको हो ।
आज कारोबार रकम भने घटेको छ । नेप्सेमा एक अर्ब २५ करोड ३७ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीहरु मध्ये १८९ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि तिन कम्पनीको शेयरमूल्य सकारात्मक लेबलमा कारोबार भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७९४ रुपैयाँ, सिवाइसी लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५५०.३० रुपैयाँ र सप्तकोशी विकास बैंकको शेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २०४.९० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज लगानीकर्ताहरुले सर्वाधिक गुमाउने कम्पनीमा नबिल ब्यालेचड फण्ड रहेको छ। यसको शेयरमूल्य २.९३ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ११ करोड ७२ लाख ९२ हजार भन्दा बढीको कारोबार भएको छ ।
Comment