नेप्सेमा दुई घण्टा कारोबार हुदाँ ७.५७ अंकले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दुई घण्टा कारोबार हुदाँ ७.५७ अंकले घट्यो



काठमाडौं । आजबाट हरेक शुक्रबार पनि शेयर कारोबार गर्ने र शुक्रबारको कारोबारको लागि बिहान ११ बजेदेखि १ बजेसम्मको समय तोकिए संगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज शुक्रबार सामान्य अंकले घटेको छ । आज नेप्से ७.५७ अंकले घटेर एक हजार ९ सय ७१ दशमलब ३६ विन्दुमा रोकिएको हो ।

त्यस्तै, शुक्रबार नेप्सेमा ७३ करोड ६३ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरु मध्ये ६० कम्पनीको शेयरमूल्य बढेको छ, ११५ कम्पनीको शेयरमूल्य घटेको छ भने १७ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये पनि एक कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जुन आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५९६.७० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार रिभर फल्स पावर लिमिटेडको नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यसैगरी, आज कारोबारको आधारमा सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज १० करोड १४ लाख ७० हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ३ असार २०७९, शुक्रबार १३:२०