सयपत्री हाइड्रोपावरको आइपिओ निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सयपत्री हाइड्रोपावरको आइपिओ निष्काशन



काठमाडौं । सयपत्री हाइड्रोपावरले आयोजाना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३ करोड मूल्य बराबरको ३ लाख कित्ता आइपीओ निष्कासन गरेको हो ।

जसमा आयोजना प्रभावित बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका स्थानिय बासिन्दाले उक्त आइपीओमा आवेदन दिन पाउनेछन् । आइपीओमा असार १६ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा मागअनुसार आवेदन नपरे असार ३० गतेसम्म आवेदन दिन सकिने छ ।

उक्त अवधिमा पनि माग अनुसार आवेदन नपरेमा बाँकी रहेको सेयर सर्वसाधारणलाई निष्कासन गरिने छ । आइपीओमा न्यूनतम १० देखि ३० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

आइपीओमा स्थानीयवासीले ग्लोबल आइएमई बैंकको बागलुङ शाखा, गलकोट शाखा, प्रभु बैंकको गलकोट शाखा र ताराखोला शाखाबाट शेयर खरिदका लागि आवदेन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएकाे छ ।

प्रकाशित : ३ असार २०७९, शुक्रबार १२:२५