हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ ।

सभा हिमालयन जनरल इन्स्योरेन्सले एरपोर्ट होटल, काठमाडौंमा र एभरेष्ट इन्स्योरेन्सको अग्रवाल भवन, कमलपोखरीमा सम्पन्न गरेको हो । सभाले दुवै कम्पनी एकआपसमा गाभ्ने गाभिने वा मर्जरमा जाने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।

दुई कम्पनी एक आपसमा मर्जभएपछि आज पारित गरेको उक्त प्रस्ताव नियमक निकाय बीमा समितिबाट स्वीकृत भएपश्चात् ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड’को नामबाट एकीकृत साउन १ गतेदेखि एकीकृत कारोबार सुरु हुनेछ ।

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स १००ः८५ को स्वाप रेसियोमा मर्ज भएका हुन् । हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता शेयर बराबर एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता शेयर हुनेछ ।

प्रकाशित : २ असार २०७९, बिहीबार १६:३२