१० महिनाको अबधिमा २ खर्ब ५६ अर्ब बढीले लिए सहुलियतपूर्ण कर्जा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

१० महिनाको अबधिमा २ खर्ब ५६ अर्ब बढीले लिए सहुलियतपूर्ण कर्जा



काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७९ वैशाख मसान्तसम्म सहुलियतपूर्ण कर्जाका लागि प्रवाह गरिएको कुल ब्याज अनुदान बापत १५ अर्ब ७३ करोड ४१ लाख ६८ हजार ९७० रुपैया प्रदान गरेको छ । जसमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी लगायत सबैमा गरेर कुल २ खर्ब ५६ अर्ब ३६ करोड ९९ लाख ५६ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ । जसमा १ लाख ४६ हजार ३८२ जना ऋणीले कर्जाको उपयोग गरेका छन् ।

नेपाल राष्ट्र बैकका अनुसार बाँकी कर्जा भने २ खर्ब १६ अर्ब ३२ करोड ९४ लाख ८६ हजार बराबरको बाकी रहेको छ । यसमा बाणिज्य बैकहरुबाट १० महिनाको अबधिमा २ खर्ब २३ अर्ब ७५ करोड ८८ लाख २५ हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ । १ लाख २४ हजार ७७९ जना ऋणीको उक्त कर्जा स्वीकृत भएको हो । यस्तै १ खर्ब ८७ अर्ब ८२ करोड ९६ लाख ९० हजार रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी रहेको छ ।

प्राविधिक तथा व्यबसायी तालिम परिषद/मान्यता प्राप्त संस्थाबाट दिईने तालिम, युवा वर्ग स्वरोजगार कर्जा, व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा(बिना धितो/ धितो सहितको), शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशिल कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्रविधिक तथा व्यवसायीक शिक्षा कर्जा, भुकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालनको लागि कर्जा लगाएत १० वटा कर्जा शीर्षकमा बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा प्रदान गरेका छन् ।

जसमा महिला उद्यमशिल कर्जा अन्र्तगत सबैभन्दा बढीले ६७ हजार ९ सय ३४ जनाले कर्जा माग गरेका छन् । त्यसैगरी विकास बैकबाट १९ हजार ६९५ जना ऋणीले २९ अर्ब ३४ करोड ८ लाख ६७ हजार रुपैयाँ कर्जा स्वीकृत भएकोमा २५ अर्ब ५६ करोड रुपैयाँको कर्जा स्वीकृत हुन बाँकी रहेको छ ।

वित्त कम्पनीबाट १ हजार ८०२ जना ऋणीको ३ अर्ब १६ करोड ५० लाख ७४ हजार कर्जा स्वीकृत भएको छ । जसमध्ये २ अर्ब ८५ करोड ६५ लाख ४८ हजार रुपैयाँ स्वीकृत हुन बाँकी रहेको छ ।

राष्ट्र बैंकका अनुसार माइक्रोफाईनान्स कम्पनीहरुले पनि सहुलियतपुर्ण कर्जा वितरण गदै आईरहेका छनु । माइक्रोफाइनान्स कम्पनीहरुले पनि १०६ जना ऋणीले १० करोड ५१ लाख ९० हजार स्वीकृत गराएका छन् । जसमा ८ करोड ३१ लाख ५९ हजार रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी नै रहेको छ ।

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलवार १५:०४