असार १ गते देखि सरकारी कार्यलय समय हेरफेर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

असार १ गते देखि सरकारी कार्यलय समय हेरफेर



काठमाडौं । सरकारी कार्यलयमा असार १ गते बुधबार देखि लागु हुनेगरी कार्यलय समय हेरफेर भएको छ । सरकारी कार्यालयमा हप्तामा दुई दिन विदा दिने निर्णय खारेज भएसँगै गृह मन्त्रालयले भोलि असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय सार्वजनिक गरेको हो ।

गृह मन्त्रालयले सूचना जारी गर्दै असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म हुने जनाएको छ।

त्यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय संचालन हुनेछन्। शुक्रबार भने विहान १० देखि दिउँसो ३ बजेसम्म मात्रै कार्यालय खुल्ने सूचनामा उल्लेख छ।

दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको सरकारले असार १ गतेदेखि कार्यालय समय ६ दिन लागू हुनेछ । जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठककले हाल परीक्षणको रुपमा लागू गरिएको हप्तामा दुई शनिबार र आईतबार सार्वजनिक विदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो।

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलवार ११:४०