नेप्सेसंगै कारोबार रकम पनि घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेसंगै कारोबार रकम पनि घट्यो



काठमाडौं । साताको चौथो दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से १७.५८ अंकले घटेर २ हजार ६२ दशमलव ८६ बिन्दुमा रोकिएको हो ।

आज नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।बिहिबार एक अर्ब ४७ करोड २६ लाख ९० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज ३५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६० वटा कम्पनीको शेयरमुल्य घटेको छ । नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् ।

उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५७२.४० रुपैयाँ पुगेको छ भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर २४६.६० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज समित लघुवित्त वित्तीय संस्था र सिंगटी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार कुमारी बैंकको भएको छ । यस बैंकको आज ६ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २६ जेष्ठ २०७९, बिहीबार १५:३६