नेपाल फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाल फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन



काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयरमा आवेदिन दिने आज (बिहिबार) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो।

यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद जारी गरेको हो।

हकप्रद निष्काशनका लागि कम्पनीले बैशाख २१ गते बुकक्लोज गरेको थियो। यसअनुसार बैशाख २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित : २६ जेष्ठ २०७९, बिहीबार ११:४५