नेको इन्सुरेन्सकाे १५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याटमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेको इन्सुरेन्सकाे १५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याटमा



काठमाडौं । नेको इन्सुरेन्सले बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले गत फागुन ३० गतेसम्म शेयर डिम्याट गराएका शेयरधनीको १५ प्रतिशत बोनस शेयर खातामा पठाइदिएको हो ।

साथै उक्त मितिपछि डिम्याट गर्नेहरुको हकमा पनि बोनस जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । त्यसैगरी अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस शेयर पाउनका लागि आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

त्यसपछि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । नेकोको चैत ९ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५५ बोनस शेयर र कर प्रयोजनको लागि ०.७९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलवार १२:३६