काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको पहिलो दिन सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से १२.९२ अंकले घटेर दुई हजार ६५ दशमलब ७९ विन्दुमा पुगेको हो ।
त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा एक अर्ब २७ करोड ३३ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरु मध्ये ८७ कम्पनीको शेयरमूल्य बढेको छ, ९७ कम्पनीकोे शेयरमूल्य घटेको छ भने १२ वटा कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।
यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भई सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । आज उपकार लघुवित्त वित्तिय संस्थाका शेयरमूल्य १० प्रतिशत बढेर प्रतिकित्ता १९३२.८० रुपैयाँ पुगेको भने बलेफी हाईड्रोपावर लिमिटेडको शेयरमुल्य ९.९६ प्रतिशत बढेर प्रतिकित्ता १८५.४० रुपैंया पुगेको छ ।
नेप्सेका अनुसार आज हिमालयन बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एसियन लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको आज ८ करोड २४ लाख ७७ हजार भन्दा बढीको कारोबार भएको छ।
Comment