काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी पुँजी बजारमा देखिएका समस्या तत्काल हल गर्न निर्देशन दिएका छन् । नेपाल पूँजी बजार लगानीकर्ता संघका पदाधिकारी तथा सदस्यसँगको ज्ञापनपत्र बुझ्दै देउवाले सेयर बजारको समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिएका हुन् ।
संघले प्रधानमन्त्रीसँग राष्ट्र बैंकले लिएको ४ करोड र १२ करोडको क्याप, सीडी र सीसीडी रेसियो लगायतको बारेमा गर्नुपर्ने, भारित औसत दर १५० को सीमालाई परिवर्तन गरेर १०० मा पुर्याउनुपर्ने जस्ता माग राख्दै प्रधानमन्त्री देउवा समक्ष पुगेका थिए ।
Comment