नेप्से ३३.७६ अंकले घट्यो, काराेबार रकममा भने वृद्धि  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से ३३.७६ अंकले घट्यो, काराेबार रकममा भने वृद्धि 



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शुक्रबार पनि ओरालो लागेको छ । आज नेप्से ३३.७६ अंकले घटेर दुई हजार ७८ दशमलब ७१ विन्दुमा पुगेको हो ।

त्यस्तै, आज कारोबार रकममा भने वृद्धि भएको छ । आज नेप्सेमा एक अर्ब ३० करोड ७३ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरु मध्ये १७ कम्पनीको शेयरमूल्य बढेको छ, १७४ कम्पनीकोे शेयरमूल्य घटेको छ भने ४ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।


यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भई सर्किट लेबलमा कारोबार भएको छ । आज उपकार लघुवित्त वित्तिय संस्थाका शेयरमूल्य १० प्रतिशत बढेर प्रतिकित्ता १७५७.१० रुपैयाँ पुगेको भने बलेफी हाईड्रोपावर लिमिटेडको शेयरमुल्य ९.९८ प्रतिशत बढेर प्रतिकित्ता १६८.६० रुपैंया पुगेको छ ।

नेप्सेका अनुसार आज किसान लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८.९५ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एआइसी एसिया बैकको भएको छ । यस कम्पनीको आज ६ करोड २३ लाख ५५ हजार भन्दा बढीको कारोबार भएको छ।

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार १५:२०