विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ निष्काशन



काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कमपनीले आज (शुक्रबार) देखि आइपीओ विक्रि खुल्ला गरेको छ । कम्पनीले सर्बसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण शेयर निष्कास गर्न लागेको हो । जसमा ७५ हजार कित्ता सामूहिक लगानी कोष, ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको १३ लाख ६५ हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार ३ गतेसम्म आवेदन दिन सकिने छ ।

आइपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आइपीओमा सी(आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार १०:५८