अर्थमन्त्रीलाई थापाको प्रश्न-बजेटको आकार वृद्धि कुन तथ्य र प्रमाणमा आधारित रहेर गरेको ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थमन्त्रीलाई थापाको प्रश्न-बजेटको आकार वृद्धि कुन तथ्य र प्रमाणमा आधारित रहेर गरेको ?



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा संसद गगन थापाले नेपालको आर्थिक संकटको चुरो भनेको व्यापार घाटा रहेको र यसलाई अहिलेको बजेटले प्राथमिकता, गति, दृष्ट्रिकोण सबै समातेकोले गर्दा स्वागत योग्य रहेको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्दै थापाले व्यापार घाटा न्युनिकरण गर्न उत्पादन र उत्पादकत्त्व बढाउन पर्नेमा जोड दिए ।

उत्पादन बढाउन आयातमा जोड दिनुपर्ने भन्दै बजेटले सहि दिशा समातेको उनले बताए। अहिलेको बजेटले निजि क्षेत्रलाई आर्थिक क्षेत्रको इन्जिनको रुपमा मानेर विभिन्न संघ संस्थाको मागलाई संम्बोधन गरिएको छ । जुन जग्गाको हकबन्दी होस, कर्जा प्रवाहको कुरा होस, लिजमा दिने, बैदेशिक लगानीको कुरा यि सबै निजि क्षेत्रलाई संम्बोधन गरेर विश्वास दिलाएको छ त्यो सबै सकारात्मक रहेको बताए ।


त्यसैगरी यो निर्णयले अर्थतन्त्रलाई थप चलाएमान बनाउने बताए । उनले यो बर्षको बजेटले सिद्धान्त प्राथमिकताको हिसाबले ठिक रहेको बताए । त्यसैगरी थापाले बजेटको आकार, स्रोत व्यवस्थापन, खर्च, पारदर्शिता लगायतका विषयमा जिज्ञासा राख्दै प्रश्न पनि राखेका छन् ।

उनले अर्थमन्त्रिसंग २० प्रतिशत बजेटको आकार वृद्धि गरिएको भन्दै कुन तथ्य, तथ्यांक र प्रमाणमा आधारित रहेर बजेटको आकार बढाइएको भनेर प्रश्न गरे । ‘हाम्रो स्रोत व्यवस्थापनमा हामीले के नयाँ गर्दैछौं वा हाम्रो क्षमता अभिवृद्धि गर्ने कुरामा के नयाँ गर्दैछौं जसको कारणले गर्दा माननीय अर्थमन्त्री जीले करिब करिब २० प्रतिशत बजेटको आकार वृद्धि गर्ने कुरा यहाँ प्रस्तुत गर्नु भएको छ, थापाले भने, ‘म जस्तो एउटा सांसदलाई यो तथ्यमा, यो तथ्यांक, यो प्रमाणमा आधारित भएर मैले यो आकार ल्याएको छु भनेर मलाई कसरी आश्वस्त पार्नुहुन्छ ?’


उनले अर्थतन्त्र सात प्रतिशत बढ्दै गर्दा राजश्व वृद्धि २० प्रतिशतभन्दा बढी कसरी बढ्छ भन्ने प्रश्न गदै कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने स्प्रिड साथ बजेट ल्याएको छ त्यो एकदम राम्रो भएको बताए । त्यसैगरी थापाले यो कामलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले आजैदेखि काम गर्नुपर्नेमा उनले जोड दिए ।

ऐन, कार्यविधि बनाउने कुरामा खासगरी कृषि मन्त्रालयको संस्थागत क्षमतासँग जोडिएका केही विषयमा अर्थ मन्त्रालयले समयदेखि नै काम गरेन भने बजेटका कार्यक्रम कागजमा सीमित हुने उनले बताए।

प्रदेशको सरकारको बजेट अबको १० दिनमा आउने बताउँदै उनले, प्रदेश सरकारसँग कृषि क्षेत्रमा बजेटमार्फत् गर्न खोजेको कामबारे छलफल गर्न सुझाव दिएका छन् ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहीबार १७:४३