आईपिओ निष्काशनको माग गर्दै ३ कम्पनीले बोर्डमा दिए आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

आईपिओ निष्काशनको माग गर्दै ३ कम्पनीले बोर्डमा दिए आवेदन



काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ३ वटा कम्पनीले आईपिओ निष्काशनको लागि अनुमति माग गर्दै आवेदन दिएका छन् । बोर्डमा मायाखोला हाइड्रोपावर कम्पनी, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र मकर जितुमाया सुरी हाइड्रोले आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।

मायाखोला हाइड्रोले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणका लागि ३४ करोड बराबरको ३४ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले बैशाख २८ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

त्यसैगरी, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई १६ करोड ३२ लाख १६ हजार बराबरको १६ लाख ३२ हजार १ सय ६० कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको छ । कम्पनीले गत चैत्र २ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीले शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

त्यस्तै मकर जितुमाया सुरी हाइड्रोले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २२ करोड ८० लाख बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले बैशाख ८ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

बोर्डको अनुमति पाएपछि यी कम्पनीले शेयर निष्काशन गर्ने छन् ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहीबार १२:३६