राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले रू. १० अर्बको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले २ वर्ष अवधिको विकास ऋणपत्र २०८१ (ङ)नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

उक्त ऋणपत्रमा अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजदरमा ब्याजकर लाग्ने छ । सो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् ।

खरीदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनु पर्नेछ । उक्त ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । यस ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइने बैंकले जानकारी गराएको छ । ऋणपत्रको बोलकबोल जेठ ५ गते बिहिबार दिउसो ३ बजेसम्म हुनेछ ।

जेठ ६ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा २०८१ साल जेठ ६ गते भुक्तानी हुनेछ । इच्छुक खरीदकर्ता प्रतिष्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागि हुन सक्नेछन् ।

प्रकाशित : ४ जेष्ठ २०७९, बुधबार १२:२५