इसेवा मनि ट्रान्सफर दुई बर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

इसेवा मनि ट्रान्सफर दुई बर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश



काठमाडौं । विश्वका दुई सयभन्दा धेरै मुलकबाट नेपालमा रेमिट्यान्स् भित्राउँदै आएको इसेवा मनि ट्रान्सफर दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल वैशाख ३० गते नेपालकै अग्रणी फिन टेक कम्पनी एफवान सफ्ट ग्रुपअन्तर्गत स्थापना भएर सञ्चालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफर तेस्रो वर्षमा प्रवेश गरेको हो ।

यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा धेरै देशका ३० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । कम्पनीका अनुसार दुई वर्षअघि सञ्चालनमा आएसँगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै ‘मेरो पहिलो रोजाइ’ नारा सहित अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

त्यस्तै, इसेवा मनी ट्रान्सफर मार्फत ५० लाखभन्दा बढी प्रयोगकर्ताको सञ्जाल भएको इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउँदै आएका छन् ।

डिजिटल प्रविधिबाट रेमिट्यान्स पठाउन मिल्ने भएकाले इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउँदा सेवाग्राहीले कम शुल्कमै रेमिट्यान्स् पठाउन पाएका छन् । त्यस्तै, यस कम्पनीले आफ्ना एजेन्ट नेटवर्कलाई पनि व्यापक मात्रामा वृद्धि गर्दै देशका हरेक गाउँ अनि शहरसम्म आफ्नो सेवा विस्तार गरिसकेको जनाएको छ ।

हाल, यस कम्पनीका मुलुकभर १८ हजारभन्दा धेरै संख्यामा एजेन्ट नेटवर्क रहेका छन् । इसेवा मनि ट्रान्सफर मार्फत ग्राहकहरुले विदेशबाट आएको रकम तुरुन्तै पाउन तथा आन्तरिक रेमिट्यान्सको सेवा उपयोग गर्दै कम शुल्कमा देशभरी रेमिट्यान्स पठाउन सक्छन् ।

देशका हरेक क्षेत्रमा रहेका इसेवाका एक लाख भन्दा धेरै एजेन्ट नेटवर्क तथा क्यास पोइन्ट मार्फत पनि सेवाग्राहीले इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्राप्त गरिरहेका छन् । साथै, इसेवा मनी ट्रान्सफरले रेमिट्यान्स पठाउने तथा पाउने दुवै पक्षलाई लक्षित् गर्दै आकर्षक क्यासव्याक अफरहरु सञ्चालन गर्दै आएको छ ।

दोस्रो वार्षिकोत्सवको अवसरमा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, “इसेवा मनि ट्रान्सफर भित्र सहज, छिटो र भरपर्दो सेवा प्रदान गरी विदेशमा बस्ने नेपालीको पहिलो रोजाइ बनेकोमा हामी निकै खुसी र उत्साहित छौं ।

कम्पनीको विस्तार नीतिमा जोड दिँदै कोइरालाले थपे, “हामीले थप अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गरी विश्वभर बसोबास गर्ने नेपालीहरूलाई थप मूल्य अभिवृद्धि सेवा उत्पादनहरू सहित रेमिटेन्स सेवालाई क्रमशः विस्तार गर्ने बताएका छन् ।

प्रकाशित : १ जेष्ठ २०७९, आईतवार १३:२६