नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

मुख्य समाचार

नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’ को ८ लाख ५६ हजार ७८३ कित्ता कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले माघ ३ गतेदेखि १७ गतेसम्म कुल दुई अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता निष्काशन गरेको भएपनि ८ करोड ५६ लाख रुपैयाँ बराबरको मात्र बिक्री भएको थियो ।

एभरेष्ट बैंकको यो आठ वर्षे अवधिको ऋणपत्रमा ८.५० प्रतिशत ब्याज पाउनेछन् ।

प्रकाशित : २२ बैशाख २०७९, बिहीबार १७:१५