घट्यो सुनको मुल्य, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

घट्यो सुनको मुल्य, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० सय रुपैयाँमा कारोबार भएको छ ।


त्यस्तै आज चाँदीको मुल्यमा भने स्थिरता आएको छ । अघिल्लो दिन प्रतितोला १२ सय ९० रुपैंयामा कारोबार भएको चाँदी मंगलबार पनि सोहि मुल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित : २० बैशाख २०७९, मंगलवार ११:२१