सनराइज बैंकको संस्थापक शेयर विक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सनराइज बैंकको संस्थापक शेयर विक्रीमा



काठमाडौं । सनराइज बैंक लिमिटेडको १ लाख १० हजार २५७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले निर्मल प्रधानको नाममा रहेको उक्त कित्ता संस्थापक शेयर विक्रीका लागि आइतवार ३५ दिने सुचना जारी गरेको हो ।

यो शेयरको मूल्य रू.१६० तोकिएको छ । यो शेयर खरीदका लागि विद्यमान शेयरधनीहरुले मात्र निवेदन पेश गर्न सक्नेछन् ।

तोकिएको मितिभित्र बैंकको प्रधान कार्यालय गैरिधारा, काठमाडौंमा रहेको शेयर रजिष्ट्री विभागमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।

प्रकाशित : १८ बैशाख २०७९, आईतवार १३:३२