गभर्नर अधिकारीको मुद्दामा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

गभर्नर अधिकारीको मुद्दामा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता



काठमाडाै‌ं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा सर्वोच्च अदालते अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिनै फैसला गरेको छ । गत म‌ंगबार र बिहीबार हेर्दाहेर्दैमा रहेको मुद्दाको आन्तरिम आदेश आज आएको हो ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासले उनको रिटमाथि गत ६ गते दिएको अल्पकालीन आदेशलाई नै निरन्तरता दिएको हो ।

गत चैत २४ गते सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो । सरकारले छानबिन समिति बनाएसँगै उनी स्वतः निलम्बनमा परेका थिए । त्यसविरुद्ध उनी गत वैशाख ५ गते सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दर्ता गर्न गएका थिए ।

चैत ६ गते सर्वोच्च अदालतले गभर्नर अधिकारीको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिँदै वैशाख १३ गतेका लागि छलफलमा बोलाएको थियो ।

आज सर्वोच्च अदालतमा भएको बहसपछि अदालतले सो निर्णय गरेको हो । यद्यपी मुद्दाको अन्तिम टुङ्गो लागिसकेको छैन। तर, पूर्ण इजलासले निर्णय गर्नुअघिसम्मलाई गभर्नर अधिकारीले राहत पाएका छन्।

प्रकाशित : १६ बैशाख २०७९, शुक्रबार १७:३१