नेप्सेमा १९.९७ अंकले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा १९.९७ अंकले घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले घटेको छ । आज नेप्से १९.९७ अंकले घटेर दुई हजार ३ सय ५६ दशमलब १९ विन्दुमा पुगेको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका २५ कम्पनीको शेयरमूल्य बढेको छ भने १६३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११४२.६० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्स भएको छ । यस कम्पनीको आज ५ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १५ बैशाख २०७९, बिहीबार १५:३८