नेप्से ९५.४६ अंकले बृद्धि, १८ कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से ९५.४६ अंकले बृद्धि, १८ कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से ९५.४६ अंकले बृद्धि भई दुई हजार ४ सय २० दशमलब ९२ विन्दुमा रोकिएको हो ।

त्यस्तै, कारोबार रकम पनि अघिल्लो साताको तुलनामा आज बृद्धि भएको छ । नेप्सेमा २ अर्ब ५३ करोड १२ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनी मध्ये १९३ कम्पनीको शेयरमूल्य बढेको छ, एक कम्पनीकोे शेयरमूल्य घटेको छ र एक कम्पनीको मात्र शेयर मुल्य स्थीर रहेको छ । यसमध्ये आज १८ कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ जसमा नेशनल हाइड्रोपावर कम्पनी, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, जानकी फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेको छ। ।

नेप्सेका अनुसार आज नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९.८९ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबार रकमको आधारमा आज सबैभन्दा बढी कारोबार सानिमा बैंकको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज २२ करोड १० हजारको कारोबार भएको छ ।

प्रकाशित : ११ बैशाख २०७९, आईतवार १५:२९