काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज ९बैशाख ११ गते० देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले स्थानीयलाई जारी पुँजीको १०प्रतिशत अर्थात १० लाख कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये ७ लाख कित्ता सेयर लम्जुङ जिल्लाको क्वहोलासोथार गाउँपालिको वडा नं ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ८ र ९ का स्थानीयलाई छुट्याइएको छ ।
बाँकी ३ लाख कित्ता सेयर भने आयोजनाको मुख्य संरचना जोडिएको क्वहोलासोथार गाउँपालिका र कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाका स्थानिय बासिन्दालाई छुट्याएको छ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जानकारी गराएको छ । छिटोमा वैशाख २५ गतेसम्म र ढीलोमा जेठ ९ गतेसम्म आइपीओ खुला रहनेछ । कम्पनीले जारी पुँजी १ अर्बबाट १० करोड रुपैयाँको सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
Comment