कोपोमिस कार्यान्वयन गर्नतर्फ लागौंः खेम पाठक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

कोपोमिस कार्यान्वयन गर्नतर्फ लागौंः खेम पाठक



कोपोमिस कार्यान्वयका लागि विभाग, महासंघ, केन्द्रीय संघहरूबीच समन्वय हुनु आवश्यक छ । समय समयमा यी निकायबीच छलफल गरेर अगाडि बढे कार्यान्वयनमा सघाउ पुग्छ ।

सबै संघहरूसँग सामुहिक रूपमा भन्दापनि विषयगत केन्द्रीय संघका प्रतिनिधि हरूसँग कोपोमिसमा अवद्ध भएन भएको एकिन गरी उचित कदम चाल्न सहयोग पुग्छ ।

समन्वय गरेर कोपोमिस कार्यान्वयन गर्नतर्फ लागौं । यसो हुँदा प्रभावकारी ढंगले सहकारीलाई समावेश गर्न सकिन्छ । छाता संगठनहरुबीच समन्वय र समीक्षा गर्दै गएमा कोपोमिस कार्यान्वयन हुन धेरै समय लाग्दैन ।

कोपोमिसले पद्धति र सिष्टममा हिँडाउन मद्दत पुग्ने भएकाले संघका प्रमुखहरुलाई बोलाएर किन प्रविष्ट नगरेको भनेर सोध्ने र गाँठो फुकाउने काम विभागले गर्नु पर्छ ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा भएको कोपोमिस अभिलेखिकरण अभिवृद्धि विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक खेम पाठकलले राखेको धारणा

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार १८:४०