उपकार लघुवित्तको आईपीओ बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

उपकार लघुवित्तको आईपीओ बाँडफाँट



काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (शुक्रवार) बाँडफाँट भएको छ । लघुवित्तको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा लघुवित्तको आईपीओ बाँडफाँट भएको हो।

चैत २५ गतेदेखि ३० गतेसम्म सार्वजनिक निष्कासनमा आएको उपकार लघुवित्तको आईपीओमा कुल २३ लाख ५१ हजार ४६२ आवेदनबाट कुल २ करोड ६२ लाख ५७ हजार ६५० कित्ताका लागि आवेदन परेको थियो ।

जसमध्ये २ हजार ४०६ वटा आवेदन रद्द भएको छ भने २३ लाख ४९ हजार ५६ वटा आवेदन स्वीकृत भएको छ।

गोलाप्रथाबाट भएको आईपीओ बाँडफाँडमा २२ हजार ११५ जनाले शेयर पाएका छन् भने २३ लाख २६ हजार ९४१ आवेदकको हात खाली भएको छ ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार ११:३९