नेप्सेसंगै कारोबार रकममा पनि समान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

मुख्य समाचार

नेप्सेसंगै कारोबार रकममा पनि समान्य सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से ४.९४ अंकले बृद्धि भई दुई हजार ३ सय २५ दशमलब ४३ विन्दुमा रोकिएको हो ।

त्यस्तै, आज कारोबार रकम पनि बढेको छ । नेप्सेमा एक अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनी मध्ये १०० कम्पनीको शेयरमूल्य बढेको छ, ८६ कम्पनीकोे शेयरमूल्य घटेको छ र १० कम्पनीको शेयर मुल्य स्थीर रहेको छ । यसमध्ये आज जाल्पा सामुदायिक समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ७०९.७० रुपैंया पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको पनि शेयरमूल्य १० प्रतिशतले बढेर ३६०.८० रुपैंया पुगेर सकारात्मक सर्किट लागेको छ ।

नेप्सेका अनुसार घलेमदी हाइड्रोका लगानीकर्ताहरुले आज सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६.३० प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबार रकमको आधारमा आज सबैभन्दा बढी कारोबार नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज १० करोड ३६ लाख २७ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ८ बैशाख २०७९, बिहीबार १५:३३