क्यान इन्फोटेक भृकुटीमण्डपमा सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

क्यान इन्फोटेक भृकुटीमण्डपमा सुरु



काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु भएको छ । सो कार्यक्रमको सुचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले क्यान महासंघले सूचना प्रविधिको प्रवर्द्धन तथा चेतना विस्तारमा उल्लेख्य भूमिका खेलेको बताए । निजी क्षेत्रसँग सहकार्य गरी नेपालमा आईसीटी क्षेत्रको विकास विस्तारमा सरकारले काम गरिरहेको बताएका छन् । यसका साथै उनले डिजिटल नेपाल निर्माणमा सरोकारवालाबाट सरकारले सहयोगको अपेक्षा राखेको बताए ।

उनले सुचना तथा प्रविधि क्षेत्रमा आर्थिक बर्ष २०७७/७८ को अन्तसम्म १९५ वटा सेवाप्रदायक संस्थाले अनुमतिप्राप्त गरी विभिन्न किसिमका दुरसञ्चार सेवा प्रदान गदै आएको बताएका छन् । यसबाट नेपालमा मोबाईल सेवाको घनत्व १२९.८८ प्रतिशत र ईन्टरनेट सेवाको घनत्व १०२.४० प्रतिशत पुगेको बताए । यस क्षेत्रबाट देशभित्र आर्थिक गतिविधी लगाएत स्वास्थ, शिक्षा कृषि क्षेत्रमा,उद्योग व्यापार व्यबसायमा प्रविधिको पहुँच बढेको जानकारी दिए । साथै सुचना तथा सञ्चार क्षेत्रलाई सबै भुभागमा पहुच पुर्याउन अझै आबश्यक रहेको बताएका छन् ।

कार्यक्रममा क्यानका अध्यक्ष नवराज कुवरले पछिल्लो समय बढेको कोरोना माहामारीले पनि सुचना प्रविधिले देशको आर्थिक विकाशमा महत्वपुर्ण भुमिका खेलेको बताए । उनले मेलाबाट सुचना प्रविधिका बिषयमा नयाँ जानकारी प्राप्त गर्ने अवसरको रुपमा लिनसकिने बताए ।

विभिन्न कम्पनीका १७० स्टल रहेको क्यान मेलामा ब्रान्डिङ, आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्टअप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, ई–वेष्ट म्यानेजमेन्ट, ई-गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाई-फाई तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्ड रहेका छन् ।

साथै, सोलार पावर सिस्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटिभी र हार्ड डिस्क पनि मेलामा उपलब्ध छ । क्यान महासंघका उपाध्यक्ष खुसल रेग्मीले यसपाली ब्राण्डिङका साथै स्टार्टअप र इनोभेसनको प्रवर्द्धनलाई विशेष जोड दिइएको बताएका छन् ।

उनले यी स्टलहरुमा भित्रको हलमा ब्राण्डिङ स्टलहरु राखिएको छ भने बहिर स्टार्टअप र इनोभेसन बिजनेशको लागि दिनदिनै बिजनेस गर्ने स्टलहरु राखिएको बताएका छन् । त्यसैगरी नेपालमै बनाएको खेलहरु खेलाउने उद्देश्यले गेमिङ्गको स्टलहरु सफ्टोरीका कलेजका विभिन्न इनोभेसन प्रोडक अवलोकन गर्न पाईने बताए ।

साढे तीन लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा लिइएको क्यान इन्फोटेकमा यस पटकको मेलालाई आईएमई पेले शीर्ष प्रायोजन गरेको छ भने सह प्रायोजको रुपमा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) रहेको छ । २७औँ संस्करणको क्यान इन्फोटेकको डाइमन्ड प्रायोजक डिशहोम फाइबरनेट रहेको छ । कम्प्युट एसोसियसन अफ नेपाल (क्यान)ले आयोजना गरेको मेला बैशाख १२ गतेसम्म चल्ने छ ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार १६:३०