सिवाईसी नेपाल लघुवित्तको आईपीओ निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिवाईसी नेपाल लघुवित्तको आईपीओ निष्काशन



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (शुक्रबार)बाट आईपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ निष्काशन गरेको हो ।

लघुवित्तले निष्काशन गर्न लागेको आईपीओ ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुको लागि छुट्याएको छ। बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार १०:५८