नेप्सेमा ४४.६४ अंकले गिरावट, कारोबार रकममा भने सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेमा ४४.६४ अंकले गिरावट, कारोबार रकममा भने सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको कारोबारको दास्रो दिन (सोमबार) दोहोरो अंकले घटेको छ । आज नेप्से ४४.६४ अंकले घटेर दुई हजार ४ सय १९ दशमलब २१ विन्दुमा रोकिएको हो ।

त्यसैगरी आज कारोबार रकममा २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १७ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १७६ वटा कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।

आज दुई वटा कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेर कारोवार भएको छ । जसमा नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १,८७० रुपैयाँ पुगेको छ भने जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४९१.१० रुपैयाँ पुगेको छ।

नेप्सेका अनुसार आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालको लगानीकर्ताहरुले सर्वाधिक सर्वाधिक गुमाएका छन् । यो कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ। यस कम्पनीको आज १६ करोड ५२ लाख ८० हजारभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २८ चैत्र २०७८, सोमबार १५:४१